मकवानपुरबाट १ सय ४४ केजी अवैध लागूऔषध गाँजाहित एकजना पक्राउ

मकवानपुर, १० चैत्र । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब १ सय ४४ केजी अवैध लागूऔषध गाँजा बरामद भएकाे छ ।

प्रहरीले उक्त लागूऔषध गाँजासहित एक जनालाई पनि पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-९ नामटार बस्ने वर्ष ३०का शुबचन्द्र बाेम्जन रहेका छन् । प्रहरीले बाेम्जनलाई बिहीबार राति पक्राउ गरेको हाे ।

चितवनबाट पूर्व राजबिराजतर्फ जाँदै गरेको ना.६ ख ३०२१ नम्बरको ट्रकमा उक्त लागूऔषध गाँजा जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई लैजाँदै गरेकाे अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ट्रक चालक भोम्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।