पाल्पाकाे तिनाउबाट लागूऔषधसहित २ जना पक्राउ
पाल्पा, १२ चैत्र । तिनाउ गाउँपालिका-३ झुम्साबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
प्रहरीले लागूऔषध नुर्फिन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित कास्की अन्नपूर्ण गाउँपालिका-५ बिरेठाटी बस्ने ३५ वर्षीय संजय मुल्मीसमेत २ जनालाई शुक्रबार पक्राउ गरेको हाे ।
प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले ग.३ च ५९०१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।