आफ्नै बुवाको हत्या गरेको अभियोगमा छाेरा पक्राउ
कपिलवस्तु, १३ चैत्र । कपिलवस्तुकाे बुद्धभूमि नगरपालिकामा छाेराले आफ्नै बुवाको हत्या गरेको छ ।
बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय छाेरा जिवन केसीले आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको हाे ।
जिवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
