मिटरब्याज पीडितको माग सम्बोधन गर्न वार्ता समिति गठन, आजै प्रधानमन्त्रीले भेट्ने

काठमाडौं, १४ चैत्र । बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आएर आन्दाेलन गरिरहेका मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न सरकारले चार सदस्यीय समिति गठन गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसहितकाे चार सदस्यीय समिति गठन गरेको छ।

चार सदस्यीय टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन्।

चार सदस्यीय टोलीले भेटेपछि मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले भेट्ने जनाइएको छ । मिटरब्याज पीडितहरू बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेर आन्दोरन गरिरहेका छन् ।