पाल्पामा ६१ वर्षीया महिला बलात्कृत, २ जना पक्राउ
पाल्पा, १६ चैत्र । पाल्पामा ६१ वर्षीया महिला बलात्कृत भएका छन् ।
६१ वर्षीया ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हाे ।
बलात्कार आराेपी रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।
उनीहरूले ती महिललाई गत मंगलबार बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि अनुसन्धान गरिरहेको जनाएकाे छ ।