अर्को निर्वाचनमा एमाले एकल बहुमत ल्याउने गरी संगठन बिस्तारमा लागेको छः पौडेल
धनगढी, १७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले एकल बहुमत ल्याउने गरी संगठन बिस्तारलगायत काम गर्नुपर्ने बताउनु भएको छ । शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
उहाँले अहिलेको सरकारका गतिविधि हेर्दा यसले स्थायित्व दिने अवस्था नदेखिएको उहाँले दाबी गर्नुभयो । उहाँले मिसन ग्रासरुट अभियानपछि अर्को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने र स्थायित्व दिने दाबी गर्नुभयो ।
विधेयकका बिषयमा पनि उहाँले आलोचना गर्नुभयो । सरकारको तरिका राम्रो नभएको भन्दै उहाँले विधेयकको सम्बन्धमा सरकारले गलत गरेको आरोप लगाउनु भयो । उहाँले नेत भीम रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप पनि लगाउनु भयो ।