१४ लाख स्रोत नखुलेको नगदसहित २ जना पक्राउ

धनुषा, १७ चैत्र । धनुषाबाट १४ लाख रूपैंयाँ स्रोत नखुलेको नगदसहित २ जना पक्राउ परेका छन् ।

प्रहरीले जनकनन्दनी गाउँपालिका-५ बनरझुला चौकी अगाडिबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएको संयुक्त टोलीले जयनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ७०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेलापारेकाे प्रहरीले जनाएकाे छ ।