पाइलट बिरामी परेपछि नेपाल एयरलाइन्सको दुबई उडान ११ घण्टा डिले, यात्रु अलपत्र
काठमाडौं, १९ चैत्र । नेपाल एयरलाइन्सको काठमाडौँदेखि दुबईको उडान शनिबार ११ घण्टा डिले भएको छ।
उडानमा तोकिएका पाइलट बिरामी परेपछि शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमान डिले भएको हो।
तोकिएका पाइलटले बिरामी भएको रिर्पोटिङ समेत गरिएको भएपनि विकल्पमा अर्को पाइलट उपलब्ध नभएपछि ११ घण्टाडिले हुन पुगेको बिमानस्थल स्रोतले बताएको छ।
वाइडबडी यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए। उनीहरूलाई राति विभिन्न होटेलमा राखी बिहान विमानस्थल पुर्याइएको छ ।