बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सबै वडालाई निर्देशन
काठमाडौं, २२ चैत्र । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको(बाबुको ठेगान नभएको)बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र बनाउन निर्देशन जारी गरेको छ ।
विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो ।
विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ । त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको छ ।
यसरी जन्मदर्तापछि बुवाको ठेगाना पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बुवाकै ठेगानाबाट नयाँ जन्मदर्ता गरिदिन पनि भनेको छ।