उपनिर्वाचन

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै, चुनाव चिह्न पनि आजै दिइने

काठमाडौं, २३ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज
उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दैछ । अन्तिम नामावली प्रकाशित गरेपछि उम्मेदवारलाई आजै चुनाव चिह्न वितरण गरिंदै छ ।

आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आयोगले आजै चुनाव चिह्न दिइने जनाएको छ ।
आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु गर्न पाइनेछ ।

उपनिर्वाचन आगामी २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।

तनहुँ-१, बारा-२ र चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको हो ।