धनकुटाबाट अवैध लागूऔषधसहित तीनजना पक्राउ
धनकुटा, २३ चैत्र । धनकुटाकाे साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरू सोही गाउँपालिका-३ बस्ने २३ वर्षीय सरोज याख्खा समेत ३ जना रहेकाे र उनीहरूलाई उक्त गाँजासहित बुधबार राति मुलघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक कार्वाहीकाे लागि अनुसन्धान गरिरहेको जनाएकाे छ ।