भोलिदेखि उपनिर्वाचन हुने तीन जिल्लामा निर्वाचन आचार संहिता लागू
काठमाडौं, २३ चैत । उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २, बारा–२ र तनहुँ– १ मा उपनिर्वाचन हुँदैछ ।