ओखलढुङगामा ६० वर्षीय पुरूषद्वारा २४ वर्षीया महिला बलात्कृत

ओखलढुङगा, २४ चैत्र । ओखलढुङगामा २४ वर्षीया महिला बलात्कृत भएकी छन् ।

ती महिलालाई बलात्कार गरेकाे अभियोगमा ६० वर्षीय पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाल रहेकाे प्रहरीले जनाएकाे छ ।

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको अभियोग लागेका कटवाललाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।