एमालेले लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडाैं, २७ चैत्र । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
एमाले संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन सोमबारदेखि लागू हुनेगरी समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले जानकारी दिए।
मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।
आइतबार सुरूमा सरकार गठन गर्दा मन्त्री बनेका तीन जनाले पदबाट राजीनामा दिएका थिए।
मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका थिए ।