झापामा एक महिला बलात्कृत

झापा, २८ चैत्र । झापामा एक महिला बलात्कृत भएकी छन् । ती २० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेल छन् ।

उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हाे। भुजेलले ती महिलालाई कनकाई नगरपालिका-४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति बलात्कार गरेकाे उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।