कञ्चनपुरमा ८० वर्षीया बृद्ध बलात्कृत

कञ्चनपुर, ३ वैशाख । कञ्चनपुरमा ८० वर्षीया बृद्ध बलात्कृत भएकी छन् ।

८० वर्षीया ती बृद्ध महिलालाई बलात्कार गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

क्षेत्रीले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले बलात्कार आराेपी क्षेत्रीलाई आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।