कपनमा धारिलाे हतियार प्रहार गरी महिलाको हत्या
काठमाडौं, ८ वैशाख । कपनस्थित सरस्वती नगरमा पसलमा बसिरहेकी महिलामाथि धारिलाे हतियार प्रहार गरी एक महिलाको हत्या गरेका छन् ।
बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौंमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यकाे पसल भित्रै रहेकाे अवस्थामा धारिलाे हतियार चक्कु प्रहारबाटको मृत्यु भएको हो।
बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
आचार्यलाई किन,कसले, के कारण चक्कु प्रहार गरेको भन्ने खुल्न आएकाे छैन। यस बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
