सन्दीपले बनाए ओडिआईमा सबैभन्दा छिटो १०० विकेटकाे विश्व कीर्तिमान

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीप लामिछानेले ओडिआईमा सबैभन्दा छिटो १०० विकेट लिएर विश्व कीर्तिमान रेकर्ड बनाएका छन्।

ओमान विरुद्ध भइरहेको खेलमा एक विकेट लिएसँगै उनले यो रेकर्ड बनाएका हुन् । उनले अफगानिस्तानका बलर राशिद खानको कीर्तिमानलाई पछि पारेका छन् ।

लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने ऐतिहासिक विश्व कीर्तिमान रेकर्ड राख्ने खेलाडीको रूपमा दर्ज भए ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *