प्रतिनिधिसभाको आजकाे बैठकमा टिआरसी विधेयक अघि बढाइने

काठमाडाैं, १३ वैशाख । प्रतिनिधिसभाको बैठक आज बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। बैठक अपरान्ह ३ बजे बस्न लागेको हो।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकले संसदीय समितिमा रहने सदस्यहरूको टुंगो लगाउने छ । यसैगरी, संक्रणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)लाई अघि बढाउनका लागि संसदीय विशेष समिति गठन गर्ने प्रस्ताव पनि पेस हुनेछ।

त्यस्तै, आजको प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयकमा दफावार छलफल सुरु हुनेछ।