राष्ट्रियसभाद्वारा संसदीय सुनुवाइ समितिमा तीन सदस्य मनोनयन
काठमाडौं, १३ वैशाख । राष्ट्रियसभाले संसदीय सुनुवाइ समितिमा तीन जना सदस्यहरूको मनोनयन गरेको छ।
राष्ट्रियसभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रियसभा सदस्यहरूलाई मनोनयन गरेको हो।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरू रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा लाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए ।
बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको हाे । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, विभिन्न देशका लागि प्रस्तावित राजदूत र न्यायपरिषद् सदस्यको सुनुवाइ गर्नेछ।
सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र ती पदमा नियुक्तिको प्रक्रिया अघि बढ्छ।