शिक्षा विभागको कार्यालय महानगर प्रहरीको पहरामा (पाँच तस्बिर)

काठमाडौं, १५ वैशाख । काठमाडौं महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठन तथा राजनीतिक दललाई निर्देशन दिएको थियो ।  त्यसको विरोधमा कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ताहाचलमा रहेको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको थियो । तर, काठमाडौं महानगरपालिकाले त्यो तालबन्दी फोडेको छ। अहिले ताहाचलमा रहेको शिक्षा विभागमा महानगरका एक सय बढी प्रहरीले पहरा दिएर राखेका छन् । यस्तो संवेदनशील विषयमा नेपाल प्रहरीसँग समन्वय गर्ने भन्दा पनि महानगरले आफ्नो मुढेबल प्रयोग गर्दै यसरी पहरा दिएपछि त्यसको विरोध भएको छ ।