आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या

एजेन्सी, १७ वैशाख । भारत, विहारको गयामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन् ।

जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन् ।

छिमेकीले पनि मालतीको आत्महत्याको कारण उनका श्रीमान् नै भएको बताएका छन् ।

घरायसी तनावका कारण मालती आत्महत्याको बाटो रोज्न विवश भएकी उनीहरूको भनाइ छ ।

मालतीका पतिलाई पक्राउ गरेर अनुन्धान थालिएको छ ।