एमाले केन्द्रीय कमिटीको झापा बैठक तयारी यस्तो छ
काठमाडौै, १९ वैशाख । नेकपा (एमाले)को ले यहि वैशाख २९ देखि ३१ गतेसम्म दमकमा केन्द्रीय कमिटी बैठक गर्दैछ । एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा हुने भएपछि त्यहाँ तयारी पनि भव्यरुपमा भैरहेको छ ।
बैठकलाई भव्य रुपमा सम्पन्न गर्न झापा जिल्ला कमिटीले विभिन्न उपसमितीहरु समेत गठन गरेको छ । पूर्व सांसद समेत रहनु भएका जिल्ला कमिटी अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुको झापा बसाइ सहज बनाउन नौवटा समिती गठन गरेको हो ।
मूल व्यवस्थापन समितीको संयोजक स्थायी कमिटी सदस्य एवं झापा जिल्ला इन्चार्ज अग्नी खरेललाई हुनुहुन्छ । समितीमा पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल,केन्द्रीय सदस्यहरु रविन कोइराला,रोमनाथ ओली,गीता अधिकारी,हरी राजवंसी,मेनका काफ्ले हुनुहुन्छ ।
त्यसैगरी प्रदेश सदस्यहरु होमबहादुर थापा, इन्द्र भण्डारी,एलपी साँवा,मदन अधिकारी,हिरा थापा,अम्बर शिवाकोटी,अम्बिका खनाल पनि समितीमा हुनुहुन्छ । त्यस्तै जिल्ला सचिव शिव ढुंगेल र सदस्य तुलसी कार्की पनि समितिमा हुनुहुन्छ ।
आवास तथा खाद्य समितीको संयोजकमा प्रदेश कमिटी सदस्य होमबहादुर थापा हुनुहुन्छ । समितीमा मदन अधिकारी,राजन दंगाल र भरत चम्लागाईं हुनुहुन्छ । यस्तै मञ्च व्यवस्थापन समितीको संयोजकमा अम्बिका खनाल हुनुहुन्छ । सदस्यहरुमा लिला दाहाल,बोधप्रसाद घिमिरे र गेहनाथ पोखरेल हुनुहुन्छ ।
यसैगरी बैठक हल व्यवस्थपन समितीको संयोजकमा रोमनाथ ओली हुनुहुन्छ । समितीका सदस्यहरुमा गीता अधिकारी र मेनका काफ्ले हुनुहुन्छ । यसैगरी जनपरिचालन समितीको संयोजक जिल्ला अध्यक्ष कार्की हुनुहुन्छ । सदस्यहरुमा जिल्ला पदाधिकारी,क्षेत्रीय कमिटीका संयोजक र स्थानीय तहका इन्चार्जहरु हुनुहुन्छ ।
यसैगरी यातायात व्यवस्थापन समितीको संयोजकमा इन्द्र भण्डारी हुनुहुन्छ । समितीका सदस्यहरुमा श्रीप्रसाद मैनाली,राज घिमिरे,नन्दी अधिकारी,असारु राजवंसी,गणेश बस्नेत र प्रजापती सापकोटा हुनुहुन्छ ।
प्रचार समितीको संयोजनको जिम्मा शिव ढुंगेलाई दिएको छ भने सदस्यहरुमा चेतन अधिकारी, गणेश पोखरेल,सन्तोष आचार्य हुनुहुन्छ । यसैगरी जिल्ला प्रचार विभागका सदस्यहरुलाई पनि प्रचारप्रसारको जिम्मेवारी दिइएको छ । स्वंयसेवक परिचालन समितीको संयोजक तुलसी कार्कीलाई जिम्मा दिइएको छ । समितीक सदस्यहरुमा युवा संघ तथा अनेरास्ववियुको केन्द्रीय नेतृत्वमा रहेका सम्पूर्ण सदस्यहरुलाई समितीको सदस्यको जिम्मेवारी दिइएको एमाले झापाले जारी गरेको निर्देशनमा उल्लेख छ ।