भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटना
नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ
काठमाडौं, २० वैशाख । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार नियन्त्रणमा लिएको हो। उनी गृह मन्त्रालयका पूर्व सचिवसमेत हुन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने गिरोहमा सरकारी उच्च अधिकारीहरूको पनि संलग्नता खुलेपछि पाण्डेको संलग्नता आशंकामा प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हुन् ।
मंगलबार प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।