युक्रेनमा रुसद्वारा २४ ड्रोन आक्रमण
एजेन्सी, २१ वैशाख । रुसले युक्रेन विरुद्ध २४ वटा ड्रोन आक्रमण गरेको छ ।
रातभरमा रुसले २४ वटा ड्रोन आक्रमण गरेकाे युक्रेनी वायुसेनाले जनाएकाे हाे । तीमध्ये १८ लाई खसालिएको युक्रेनले जनाएको छ ।
“आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रेनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।