नेपाली नागरिकता लिएका १० जना भारतीय प्रहरी नियन्त्रणमा

काठमाडाैं, २४ वैशाख । भारतीयले नेपाली नागरिकता लिएको पाइएपछि प्रहरीले १० जना भारतीयलाई पक्राउ गरेको छ।

भारतीयले नेपाली नागरिकता लिएको पाइएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले शनिबार १० जनालाई पक्राउ गरेको हाे

उनीहरूले विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

झुटा विवरण दिएर नेपाली नागरिकता लिएका हुन् वा कीर्ते गरी बनाएका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *