सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्री नियुक्त
काठमाडौं, २४ वैशाख । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।
आज अपरान्ह साढे १२ बजे उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनु हुनेछ ।
महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन वा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने बुझिएको छ ।
गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९ औं पटक मन्त्रीपरिषद विस्तार गरेपनि अझै मन्त्रीपरिषद पूर्ण हुन सकेकाे छैन ।