उदयपुरमा १३ र १६ वर्षका दुई बालिका बलात्कृत

उदयपुर, २५ वैशाख । उदयपुरमा दुई बालिका बलात्कृत भएकी छन् ।

प्रहरीले १३ र १६ वर्षीया बालिकालाई बलात्कार गरेकाे अभियोगमा २ जनालाई आइतबार बिहान पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका-३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती बालिकालाई शनिबार राति जबरजस्ती बलात्कार गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएकाे छ ।

प्रहरीले यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *