नेकपा एमालेको सचिवालय बैठक च्यासलमा बस्दै
काठमाडौं, २६ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ ।
बैठक आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफलकाे एजेन्डाका बारेमा बस्नलागेकाे हाे । उक्त छलफल पछि केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुनेछ ।
एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ गतेदेखी रानधानीमा सुरु हुँदै छ ।
यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।