उदयपुरमा १४ वर्षीया बालिका बलात्कृत
उदयपुर, २६ वैशाख । उदयपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बेलका नगरपालिका-१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकले १४ वर्षीया बालिका बलात्कार गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेको हाे ।
विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान बलात्कार गरेकाे भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।
प्रहरीले बालिका बलात्कार सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।