एमाले सचिवालय बैठक

टोपबहादुरका सन्दर्भमा अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्छः एमाले

काठमाडौं, २५ वैशाख । नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ । वैठकमा आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल भएको छ । बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अनुसन्धानको सन्दर्भमा सचिव टोपबहादुर रायमाझीको नाम आएको भन्दै कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको जानकारी दिनुभयो । रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको उहाँले जानकारी दिनुभयो ।