नेपालगंजकाे किङ क्रस क्लबबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ
बाँके, २७ वैशाख । नेपालगंज उपमहानगरपालिका-१२ स्थित किङ क्रस क्लबबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।
बर्दिया बाँसगढी नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन रिजाललाई अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे ।
उक्त क्लबमा झगडा भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको उक्त हतियारसहित उनलाई पक्राउ गरेको जनाएकाे छ
प्रहरीले रिजाललाई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।