एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु, १० वटा एजेन्डामा छलफल हुने

काठमाडौं । नेकपा एमालेको पाँचाैं केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हाे । बैठक तीन दिनसम्म चल्ने छ ।

केन्द्रीय कमिटीको बैठकमा १० वटा एजेन्डामा छलफल हुने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयाे । वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकमा १० वटा एजेन्डा तय गरेको थियो।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा पेश गर्नुहुनेछ ।

त्यस्तै मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा नेकपा एमालेले गठन गरेको अभियानका प्रदेश संयोजक रहेका पार्टी सचिवहरुले आ–आफ्ना प्रदेशको प्रतिवेदन पेस गर्नुहुनेछ ।

त्यस्तै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगले पनि छुट्टाछुट्टै प्रतिवेदनहरु पेस गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *