यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

काठमाडाैं, २९ वैशाख । यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ परेका छन् ।
खोटाङस्थित राईले सञ्चालन गरेको शुभम् फाउन्डेसनबाट प्रहरीले आज बिहान राईलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले राईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।