गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्री पाण्डेले मन्त्रीको लिष्टबाट मनाङे हटाएर थपे जीतप्रकाश आले

कास्की, २९ वैशाख । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीको लिष्टमा परिसकेका दीपक मनाङेलाई हटाएर जीतप्रकाश आलेलाई मन्त्री बनाएका छन् ।

शुक्रबार मुख्यमन्त्री पाण्डेले एकीकृत समाजवादीका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई मन्त्रीको लिष्टबाट हटाएर तनहुँ क्षेत्र नम्बर २(२) नेपाली कांग्रेसबाट निर्वाचित जीतप्रकाश आलेलाई मन्त्री बनाएका हुन् ।

यसअघि मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्री बनाउने चर्चा थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्री पाण्डेले कांग्रेसबाटै मन्त्री बनाएका हुन् ।