एमालेको स्थायी कमिटी बैठक च्यासलमा बस्दै
काठमाडाैं, ३० वैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ।
बैठक बिहान ८ बजे बस्नेगरी बोलाइएको हाे। स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्ने जनाइएकाे छ।
स्थायी कमिटीले तयार गरेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने छ।
त्यसपछि अध्यक्षको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक आज सकिने छ।