सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने एमाले केन्द्रीय कमिटी सदस्यहरुको सवारी प्रयोग (भिडियो रिर्पोट)

काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले)को केन्द्रीय कमिटीको पाँचौँ बैठक एमाले मुख्यालय च्यासलमा पार्टीको बार्षिक कार्ययोजना पारित गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैशाख २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का नौवटा प्रदेशका प्रतिवेदन प्रस्तुत भएका थिए । बैठकले १४ वटा निर्णय गर्दै सम्पन्न भएको छ ।

‘मिसन योङ्ग’ अभियान, ‘देशैभरि–छोराछोरी’ को नारा जस्ता अभियान चलाउने निर्णयसँगै एमाले बैठक सकिएको हो । बैठकमा मिसन ग्रासरुट अभियानका क्रममा ११ हजार ९ सय ९५ जनाले नयाँ सदस्यका लागि आवेदन दिएको, विभिन्न पार्टी परित्याग गरी १३ हजार २ सय ३८ जनाले एमाले प्रवेश गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । अभियान अवधिभरी ८ सय ७५ वटा पालिकास्तरीय र ५ हजार पाँच सय ७४ वटा वडास्तरीय बैठक सम्पन्न भएको पनि रिपोर्ट प्रस्तुत भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

निकै महत्वपूर्ण निर्णय गर्दै सम्पन्न बैठकमा मुख्यमन्त्री, पूर्वमन्त्रीदेखि, पूर्वमुख्यमन्त्री र सांसद, मेयरसम्मको उपस्थिति रहेको थियो । गत मंसिरमा सम्पन्न निर्वाचनबाट समानुपातिकतर्फ पहिलो र सिटसंख्यामा कांग्रेस भन्दा केही सिट कमले मात्रै दोस्रो बनेको एमालेको बैठकमा सहभागी हुन धेरै केन्द्रीय कमिटी सदस्यहरु ट्याक्सी, पठाओ, स्कुटर र मोटरसाइकल प्रयोग गरी नेकपा आएका थिए ।

ट्याक्सी, पठाओ, स्कुटर र मोटरसाइकल प्रयोग गरी केन्द्रीय कमिटी बैठकमा आउने केही पूर्वमन्त्री, पूर्वसांसद, पूर्वमेयरदेखि वर्तमान सांसदहरु यसरी आएका थिए । कम्युनिष्ट पार्टीलाई सर्वहारा वर्गको पार्टी भनेर चिनिन्छ । तर, पछिल्लो समय अधिकांश नेता–कार्यकर्ताहरु विलासी बनेको पनि आरोप लाग्ने गरेको छ । मैत्रिन्युजले ट्याक्सी, पठाओ, स्कुटर र मोटरसाइकल प्रयोग गरी केन्द्रीय कमिटी बैठकमा आउने केही पूर्वमन्त्री, पूर्वसांसद, पूर्वमेयरदेखि वर्तमान सांसदहरुबारे तयार पारेको भिडियो रिर्पोट ।