ललितपुरबाट गैँडाको खागसहित तीन जना पक्राउ
ललितपुर, ३ जेठ । ललितपुर महानगरपालिका–४ स्टिलटावर चोकबाट गैँडाको खागसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीले दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग सहित तीन जनालाई पक्राउ गरेको हाे ।
पक्राउपर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।
उक्त चोक नजिक गैँडाको खाग खरिदबिक्री गर्दै गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुर पठाइएको प्रहरीले जनाएको छ ।