महानगरले बार भत्काएपछि टुकुचा वारपार, साँझ–बिहान ओहोर–दोहोरमा जोखिम (फोटोफिचर)

काठमाडौं, ३ जेठ । केही महिना अघि जय नेपाल हल अघि टुकुचा खोज्ने भन्दै डोजर चलाएको महानगरपालिकाले त्यो भ्वाङ नछोप्दा त्यो मृत्यु खाडल जस्तै बनेको थियो । अहिले फेरि महानगरपालिकाले शंकरदेव क्याम्पस नजिकैको टुकुचाको बार भत्काएपछि त्यहाँ सडकयात्रुहरु साँझ–बिहान ओहोरदोहोर गर्दा टुकुचामा खस्न सक्ने जोखिम बढेको देखिन्छ ।