काठमाडौं आलोकनगरबाट १२ जना जुवाडे पक्राउ

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिका-३१ आलोकनगर बाट १२ जना जुवाडेलाई पहरीले पक्राउ गरेकाे छ ।

आलोकनगरस्थित गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२७ घर भएका ५० वर्षीय श्रीराम थापामगर समेत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ८४ हजार ६ सय २० रूपैयाँसहित फेला पारी पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेकाहरूसंग थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।