जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएकाे छ ।
सोमबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनुभयाे ।
जसपाका अध्यक्षसमेत रहनुभएका यादव वैशाख १० को उपनिर्वाचनबाट निर्वाचित हुनुभएकाे थियाे ।
यसअघि संसदीय दलका नेतामा रामसहाय प्रसाद यादव रहनुभएकाे मा उहाँ उपराष्ट्रपति बन्नुभएपछि सो पद रिक्त थियो ।