मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीमा झाडापखाला सङ्क्रमण, ३५ जना बिरामी
मकवानपुर, ९ जेठ । मकवानपुरकाे भीमफेदी कारागारका कैदीबन्दीमा झाडापखाला सङ्क्रमण भएकाे छ ।
कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको हाे । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।
सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिनुभयो ।
सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताउनुभयो ।