मोरङमा १२ वर्षीया बालिका बलात्कृत
मोरङ, १० जेठ । मोरङमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
प्रहरीले नावालिका बलात्कार गरेकाे अभियाेगमा एक जनालाई पक्राउ गरेकाे छ ।
बलात्कार अभियाेगमा पक्राउ पर्नेमा बेलबारी नगरपालिका-३ खोरिया टोल बस्ने २० वर्षीय नबिन महरा रहेका छन् ।
महराले ती बालिकालाई आफ्नै घर कोठाभित्र लगि बलात्कार गरेकाे सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले मंगलबार बिहान उनलाई पक्राउ गरेको हो ।
प्रहरीकाले पक्राउ परेका महरालाई जबरजस्ती करणी सम्वन्धि अनुसन्धान भइरहेकाे जनाएकाे छ ।