रेशम चौधरीलाई आममाफी दिने सरकारकाे निर्णय
काठमाडाैं, १४ जेठ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भाेगिरहेका रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेकाे छ।
सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले जन्मकैदको सजाय भाेगिरहेका चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।
सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माका अनुसार जन्मकैदको सजाय भाेगिरहेका चौधरीलाई छुटाउन
मन्त्रिपरिषदको सिफारिसले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन्।
सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। यहि जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरेकाे थियो।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना दूधे बालकको ज्यान गएको थियो।
घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।
चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।