झापामा १७ वर्षीया किशोरी बलात्कृत
झापा, १४ जेठ । झापामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
झापाकाे अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय बिवेक श्रेष्ठले साेहि स्थान बस्ने किशोरीलाई शनिबार साँझ बलात्कार गरेकाे आराेपमा पक्राउ गरेकाे हाे ।
बिवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ ।
बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।