चितवनबाट अवैध लागूऔषधसहित एकजना पक्राउ

चितवन, १४ जेठ । चितवनकाे भरतपुर महानगरपालिकाबाट अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीले सूर्योदय टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रबिन कुमार यादवलाई शनिबार साँझ पक्राउ गरेको छ ।

प्रहरीले भरतपुर महानगरपालिका-१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी ‍गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी रबिनलाई पक्राउ गरेको हो ।

घरधनी रुपेश लामा हाल फरार रहेकाेले प्रहरीले खोजी गरिरहेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *