सत्ताको फोहोरी खेलमा प्रधानमन्त्रीसँगै राष्ट्रपति मुछिए, सर्वोच्चको फैसलालाई लत्याउँदै चौधरीलाई आममाफी

काठमार्डौ, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको छ ।

आममाफी र कैद मिनाहापछि उनीहरु सबै सोमबार छुट्नेछन् । यसरी आममामाफी पाउनेमा टोपबहादुर बुढा, रेशम चौधरी लगायत छन् । कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ ।

तर, केही दिन अघि मात्रै सर्वोच्चले समेत जन्मकैदको फैसला सदर गरेका चौधरीलाई कैद मिनाहा गरेपछि सर्वत्र आलोचना भएको छ । निश्चित कसुरमा दोषी ठहर भएकाले बाँकी कैद मिनाहा र आम माफी सुविधा पाउने व्यवस्था छैन । तर, सत्ताको लेनदेनमा चौधरीलाई राष्ट्रपतिले कैद मिनाहा गरेपनि राष्ट्रपतिको भूमिकामा समेत शंका उत्पन्न भएको छ ।

टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आम माफी दिने निर्णयविरुद्ध उक्त हत्याकाण्डमा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत सर्वोच्चको ढोका ढककक्याउन पुग्नु भएको छ । गणतन्त्र दिवसका दिन पारेर सोमबार चौधरीलाई आममाफी दिन आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।