१६औँ गणतन्त्र दिवस आज मनाइदै
काठमाडाैं, १५ जेठ । आज १६औँ गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइदैछ ।
यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको हाे ।
जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइदै आएकाे छ ।
विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइने छ ।
गणतन्त्र दिवसका दिन सरकारले आज सार्वजनिक बिदासमेत दिइएको छ ।