नेकपा एमालेको सचिवालय बैठक भोलिदेखि

काठमाडौं, १८ जेठ । नेकपा (एमाले)काे पार्टी सचिवालय बैठक भोलिदेखि सुरु हुँदैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि १९ जेठ शुक्रवारका लागि बैठक बोलाउनुभएकाे हाे । बैठक बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।