आफ्नै बुबाको हत्या गरेको अभियोगमा छाेरा पक्राउ

ईलाम, १९ जेठ । ईलाममा आफ्नै ७० वर्षीय बुबाको हत्या गरेको अभियोगमा छाेरा पक्राउ परेका छन् ।

प्रहरीले ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय छाेरा दिपक कुमाललाई शुक्रबार बिहान पक्राउ गरेको हाे ।

दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका लोक बहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।